सूचनाको शक्ति - The Power Of Information

        

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज

सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्ने भएको छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीति संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्न लागेको हो ।

यसअघि बिहीबार अपरान्हका लागि बोलाइएको संयन्त्रको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

संयन्त्रको बैठक बस्ने समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच बुधबार छलफल भएको थियो ।

संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद र राष्ट्रपति चयनमा देखिएको मतभेदका विषयमा छलफल हुने बताइएको छ ।

पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा सर्वस्वीकार्य व्यक्तिको खोजी हुनुपर्ने बताउनु भएपछि एमाले सशंकित देखिएको छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार ०८:०७