सूचनाको शक्ति - The Power Of Information

        

मुख्यमन्त्री रावलले बुझाए राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजीनामा बुझाउनु भएकाे छ ।

विश्वासको मत नपाएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले राजीनामा बुझाउनु भएकाे हाे ।

बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा बुझाउनु भएकाे प्रदेशकाे सचिवालयले जनाएकाे छ ।

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले बिहीबार माघ २६ गतेभित्रै विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गरेका थिए । तर उहाँको प्रस्तावलाई बहुमत प्रदेश सभा सदस्यले अस्वीकृत गरेपछि उहाँले राजीनामा दिनुभएकाे हाे ।

रावल पदमुक्त भएपछि प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि परामर्श थाल्नु भएकाे छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार १९:०५