साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले बिहीबार आयोजक बंगलादेशको सामना गर्दैछ ।
ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल रंगशालामा नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल सुरू हुनेछ ।
नेपाल उपाधि उचाल्ने योजनामा हुनेछ । तर, घरेलु टोली बंगलादेशविरुद्धको खेल नेपालको लागि कठिन हुनेछ ।
राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।
नेपाल दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो भने बंगलादेश समुहको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो ।
लिग चरणको खेलमा नेपाललाई बंगलादेशले ३–१ ले हराएको थियो । नेपाल आज त्यही हारको बदला लिने लक्ष्यमा साथ मैदानमा उत्रिदैछ । बंगलादेश भने जितलाई निरन्तरता दिन चाहन्छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ