सूचनाको शक्ति - The Power Of Information

        

जसपा र नेकपा एस फकाउँदै प्रधानमन्त्री

 सात दलीय गठबन्धन सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराउने कसरत थाल्नुभएको छ ।

सरकारले पूर्णता पाएको एक महिना नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछि पाँच मन्त्रालय मन्त्रीविहिन भएको सरकारमा प्रधानमन्त्री प्रचण्डले नयाँ दल भित्र्याउन लाग्नुभएको हो ।

सरकारबाट रास्वपाको बहिर्गमनसँगै प्रचण्डले जनता समाजवादी पार्टी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन गृहकार्यका लागि कुराकानी थाल्नुभएको नेकपा माओवादीका नेताहरुले बताएका छन् ।

प्रचण्डले सोमबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग यस विषयमा छलफल गर्नुभएको थियो भने मंगलबार बिहानसमेत सरकार सञ्चालन र साझा सहमतिको राष्ट्रपति बनाउने विषयमा दुई शीर्ष नेताबीच छलफल भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : २५ माघ २०७९, बुधबार ०८:२१