जुम्ला जिल्लास्थित चन्दननाथ नगरपालिकाको एक घरमा आगलागी हुदा १४ वर्षिया बालिकाको मृत्यु भएको छ ।
लोकबहादुर भण्डारीको घरमा गएराती साढे १० बजे आगलागी हुदाँ उनकी छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ भने घरमुली लोकबहादुर घाइते भएका छन् ।
आगलागी भएको घरमा भण्डारीका सासु श्रीमती छोरी लगायत सात जनाको परिवार बस्दै आएको प्रहरी निरीक्षक धर्मराज जोसीले जानकारी दिए ।
उनका अनुसार लोकबहादुरको खुट्टा पोलेको भने अन्य परिवार सहकुशल रहेका छन् । उनका अनुसार ढुङ्गा र काठले बनेको तिन तलाको घर टिनको छानोले छाइएको थियो ।
प्रहरीका अनुसार आगो दोस्रो तलाबाट लागेको अनुमान गरीएको छ । मृतक बालिका तेस्रो तलामा सुतेका कारण उनलाई बाहिर निकाल्न नसिकएको हो ।
प्रहरीले आगलगीको कारणको बारेमा अनुसन्धान गिररहेको छ भने पुरै घर जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको थप बिवरण आउन बाँकी छ ।
सत्यपाटी संवाददाता । जुम्ला