सूचनाको शक्ति - The Power Of Information

        

अस्तव्यस्त सरकार

संकटमा प्रचण्ड सरकार, दुई महिना नपुग्दै पाँच मन्त्रालय खाली

गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय खाली छन् ।

सरकार गठन भएको दुई महिना नपुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीमण्डलमा पाँच मन्त्रालय रिक्त हुन पुगेको छ ।

सरकार गठन भएको ४३ दिनसम्म पनि दुई मन्त्रालयको जिम्मेवारी बाँडफाँड गर्न नसकेकि रहेको बेला रबि लामिछाने नेतृत्वको । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)समेत सरकारवाट बाहिरिने निर्णय लिएसँगै पाँच वटा मन्त्रालय रिक्त हुन पुगेका हुन् ।

जसअनुसार हालसम्म बिस्तार गर्न नै नसकेका वन तथा वातावरण तथा युवा तथा खेलकुद्सहित गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेका छन् ।

सत्तारुढ गठबन्धन दलहरुबीच सहमति हुन नसक्दा सरकार गठन गरेको ४३ दिनसम्म पनि बन र खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको थिएन । यसैबेला, प्रधानमन्त्री प्रचण्ड र रास्वपाबीचमा गृह मन्त्रालयमा कुरा नमिलेपछि सो पार्टी प्रचण्ड सरकारबाट गत आइतवार बाहिरिएको थियो ।

सर्वोच्च अदालतले सो पार्टीका सभापति रवि लामिछानेको नागरिकता बिबादमा लामिछानेले नेपालको नयाँ नागरिकता नलिई उपप्रधान तथा गृहमन्त्री र सांसद पदको जिम्मेवारीमा बसेको र सो कारण नेपालका कानुन अनुसार बस्न अयोग्य भन्दै फैसाला गरिदिएपछि लामिछाने जिम्मेवारीवाट मुक्त हुनुपरेको थियो ।

लामिछानेले आफुले सम्हाल्दै आएको मन्त्रालय आफुले पाउनुपर्ने र नपाए पूर्व सहमति अनुसार पार्टीलाई दिनुपर्ने लामिछानको मागलाई अस्विकार गरेपछि आइतबार सो पार्टीले प्रचण्ड नेतृत्वको सरकारवाट बाहिरिने निर्णय लिएको थियो ।

सो पार्टी सरकारवाट बाहिरिने निर्णयसँगै प्रधानमन्त्री प्रचण्डले यसअघि सम्हाल्दै आएको बन र खेलकुदसँगै तीन मन्त्रालयको थप जिम्मेवारी लिनुपरेको हो । जसकारण २५ सदस्यीय मन्त्रीमण्डलमा हाल दुई जना राज्यमन्त्रीसहित १९ जनाले मात्रै प्रतिनिधित्व गर्दै आएका छन् भने पाँच मन्त्रालय नेतृत्वविहिन अवस्थामा छन् ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार १०:०३