सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य सचेतना

हरियो धनियाँको प्रयोगले क्यान्सर रोग पनि नियन्त्रणमा

हरियो धनियाँले थकान हटाउँछ, स्फूर्ति ल्याउन समेत सहयोगी हुन्छ ।

हरियो धनियाँ स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । स्वाद बढाउनुका साथै धेरै पोषक तत्वले भरिपूर्ण हरियो धनियाँले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्या हटाउन मद्दत गर्दछ । धनियाँमा प्रोटिन तथा भिटामिन ‘ए’, ‘सी’, र ‘के’, पाइन्छ ।

यतिमात्र होइन, यसमा क्याल्सियम, पोटेसियम, फस्फोरस, नियासिन, थियामिन, कैरोटिनसमेत पाइन्छ । धनियाँको पातमा फाइबर आइरन, म्याग्नेसियम पनि पाइन्छ । यसमा धेरै प्रकारको रोग हटाउने क्षमता हुन्छ ।

हरियो धनियाँले थकान हटाउँछ, स्फूर्ति ल्याउन समेत सहयोगी हुन्छ । धनियाँमा भिटामिन ‘ए’ प्रशस्त मात्रामा पाइने भएकाले यो आँखाका लागि समेत अति उपयोगी मानिन्छ । यसैले यसको चटनी बनाएर वा तरकारीमा हालेर खानाले धेरै फाइदा हुने चिकित्सकले बताउँछन् ।

हरियो धनियाँ मसलाका रूपमा वा खानालाई सजाउने तथा सुन्दर देखाउनका साथै अचारको रूपमा पनि प्रयोग गरिन्छ । धनियाँको प्रयोग हामी सकेसम्म यीनै कामका लागी प्रयोग गर्छौ, तर यसले स्वास्थ्यमा गर्ने फाइदाबारे भने हामीलाई त्यति ज्ञान छैन ।

हाम्रा अग्रजहरूले धनियाँ प्रयोग गर्न सुरू गर्नुको कारण भने सायद केही स्वास्थ्यलाई फाइदा गर्ने गुणहरू भेटेर नै हुन सक्छ । अनुसन्धानकर्ताहरूले गरेका खोजहरुले पनि धनियाँले धनियाँ स्वास्थ्यका हिसाबले निकै महत्वपूर्ण पदार्थ भएको समेत बताउँछन् ।

धनियाँ खानुका फाइदाहरू

धनियाँमा पाइने एन्टीसेप्टिक र एन्टीअक्सिडेन्टले तपाईको अनुहारलाई फाइदा गर्छ । यसले अनुहारमा निखारता तथा चमक ल्याउन मद्धत गर्छ । धनियाँको हरियो पात पिसेर अनुहारमा लगाउनु फाइदाजनक हुन्छ । यसले छालाको एलर्जीको समस्यामा पनि फाइदा गर्छ ।

धनियाँले पेटमा रहेको वायूलाई पनि फ्याक्ने काममा मद्धत गर्छ । साथै पाचनशक्ति पनि बढाउँछ । धनियाँको हरियो पात पित्त नाशक पनि हुन्छ । पित्त या कफले सताएमा दुई चम्चा धनियाँको हरियो पातको रस खाने गरे फाइदा गर्छ ।

धनियाँको पत्तिमा एन्टी ट्युमेटिक र एन्टी अर्थराइटिसको गुण हुने गर्छ । यसले दुखाई कम गर्नुका साथै एनिमियाबाट समेत छुटकारा दिन मद्धत गर्छ । एन्टी अक्सिडेन्ट, भिटामिन ए, सी, र केही मिनरलका कारण धनियाँले क्यान्सरबाट समेत बचाउन मद्धत गर्छ ।

यदी तपाईलाई निन्द्रामा समस्या छ भने धनियाँको प्रयोग गर्नुस् फाइदाजनक हुन्छ । डाइबेटिजबाट पीडित मानिसलाई समेत यो निकै उपयोगी हुन्छ । यसले इन्सुलिन बढाउन मद्धत गर्छ र रगतको ग्लुकोजलाई कम ग्रन मद्धत गर्छ ।

हरियो धनियाँको सेवन मधुमेह रोगीका लागि निकै फाइदाजनक मानिन्छ । हरियो धनियाँले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । साथै यसको दैनिक सेवनले रगतमा इन्सुलिनको मात्रा नियन्त्रण गर्न सकिन्छ ।

रक्तअल्पता हटाउन हरियो धनियाँको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । हरियो धनियाँमा प्रशस्त मात्रामा आइरन पाइन्छ, जसले रक्तअल्पताको समस्यालाई हटाउन मद्दत गर्छ । शरीरमा रगतको कमी पूरा गर्न हरियो धनियाँको सेवन गर्नुपर्छ ।

आँखाको ज्योति बढाउन हरियो धनियाँको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । हरियो धनियाँमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ, जसले आँखालाई स्वस्थ राख्न मद्दत गर्छ । यसले आँखाको ज्योति पनि बढाउँछ ।

रोग प्रतिरोधी क्षमता बढाउन हरियो धनियाँको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । हरियो धनियाँमा भिटामिन सी हुन्छ, जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाएर बढ्न पनि मद्दत गर्छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार ०९:०८