सूचनाको शक्ति - The Power Of Information

        

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

माघ २९ र फागुन १ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकको तयारी नपुगेकाले स्थगित गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।

उहाँका अनुसार बैठकको मिति चाँडै नै तय गरिनेछ ।

एमालेले निर्वाचनको समीक्षा, प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन, समसामयिक राजनीति, संगठन सुदृढीकरणलगायतका विषयमा छलफल गर्न बैठक बोलाएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार ०८:३७