सूचनाको शक्ति - The Power Of Information

        

नेपाल आयल निगम

पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल लिटरको १ सय ७८

ग्यास र हवाई इन्धनको मूल्य भने यथावत्

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।

निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर तीन रुपैयाँका दरले बढाएको हो । अब पेट्रोल प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पुगेको छ ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको छ । खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर १ हजार ८ सय रुपैयाँ रहेको छ ।

निगमले विज्ञप्ति निकालेर इन्डियन आयल कर्पोरेसनबाट गएको १६ गते प्राप्त नयाँ खरिद मूल्ययसूची अनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ १० पैसा, डिजलमा ७ रुपैयाँ ९८ पैसा, मट्टितेलमा ४ रुपैयाँ ६१ पैसा र हवाई इन्धनमा ७ रुपैयाँ ८० पैसा मूल्य बढेर आएकाले मूल्य बढाएको जनाएको छ ।

यो महिना नेपाल सरकारको ऋण र इण्डियन आयल कर्पोरेसन लिमिटेडलाई तिर्नुपर्ने बक्यौता १६ अर्ब ३० करोड रुपैयाँ रहेको निगमको दाबी छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार ०७:५०