सूचनाको शक्ति - The Power Of Information

        

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

सौन्दर्य प्रतियोगिताको नाममा बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले ७ वर्ष कैद सजाय सुनाएको छ ।

सोमबार न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई  ७ वर्ष कैद र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सजाय निर्धारण गरेको जिल्ला अदालत काठमाडौंका एक अधिकारीले जानकारी दिए ।

पाण्डेमाथि ८ वर्षअघि एक सौन्दर्य प्रतियोगिताको नाममा एक किशोरीमाथि बलात्कार गरेको अभियोग थियो ।  तर बलात्कार मुद्दा दायर गर्न हदम्याद नाघिसकेका कारण पाण्डेमाथि मानव बेचबिखनसम्बन्धी मुद्दा चलाइएको थियो ।

यो मुद्दामा १० माघमा न्यायाधीश दीपक ढकालले पाण्डेलाई सो मुद्दामा दोषी ठहर गरेको थियो ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार १९:०४