सूचनाको शक्ति - The Power Of Information

        

साल्ट ट्रेडिङ्गको ‘आयोडिन मन्थ’, जनचेतना जगाउने उद्देश्य

आयोडिनको कमीबाट हुने विकृति निवारणका लागि जनचेतना जगाउने उद्देश्यका साथ साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ‘आयोडिन मन्थ’ अभियान सुरु भएको छ । आयोडिनयुक्त नुनको प्रवर्द्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले फेब्रुअरी महिनाभर ‘आयोडिन मन्थ’ मनाउन लागिएको साल्ट ट्रेडिङ्गले जानकारी दिएको छ ।

फेब्रुअरी महिनालाई ‘थोरै खाऔं, सही मात्रामा खाऔं, दुई बालबालिकाको चिन्ह अंकित आयोडिनयुक्त नुन नै खाऔं’ भन्ने नारालाई साकार तुल्याउन १ महिनाभर आयोडिन मन्थका रुपमा मनाइले बताइएको छ । आयोडिनको कमीबाट उत्पन्न विभिन्न विकृतिहरु मध्ये भिजिबर जोएटर सन १९८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झरेको छ ।

नेपाल सरकारले दिएको निर्देशनअनुसार साल्ट ट्रेडिङ्गले आयोडिनयुक्त नुनको आपूर्ति गर्दै आएको र नेपाल सरकारले लिएको सहशताब्दी विकास लक्ष्य अनुरूप सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या १० प्रतिशतमा पुर्याउने लक्ष्य लिएकोमा सन् २०१६ को नेपाल सरकारले गरेको एनएनएमएस सर्वे अनुसार ९१ प्रतिशत घर परिवारले उपयुक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाईएको साल्ट ट्रेडिङ्गले जनाएको छ ।

आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य चौकिहरुमा कार्यक्रम, विद्यालयमा कार्यक्रम, हाटबजारमा माईकिङ्ग, चेतना मूलक सामग्री बितरण, प्रदर्शनी, जस्ता गतिविधि महिनाभरी संचालन गर्ने साल्ट ट्रेडिङ्गले जनाएको छ ।

आयोडिन मन्थमा आयोडिन सम्बन्धी चेतनामूलक सन्देश लेखिएको सपिङ्ग झोला, स्कुल झोला, टी–सर्ट तथा पम्पलेट जस्ता सामग्री वितरण गर्न विभिन्न विद्यालय तथा हाट बजारमा टोली खटाईने छ । त्यस्तै उक्त अवसरमा आयोडिनको महत्वबारे जनचेतना जगाउन कार्यक्रम संचालन गर्न लागेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार १७:२७