केदारस्यूँ गाउँपालिकामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा किशोरीको मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार अन्दाजी २० वर्षकी युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी जागेश्वर भण्डारीले बताए ।
गाउँपालिकाको वडा नम्बर २ र ४ को सिमाना बजुवा बगर नजिक धनगढीबाट आइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०७१ नम्बरको मालबाहक ट्रकले सुदूरपश्चिम प्रदेश ०१०१० प ५३१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँएको हो ।
घटनालगत्तै मोटरसाइकल चालक र ट्रक चालक फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ । घटनापछि जयपृथ्वी राजमार्गमा सवारी आवतजावत समेत अवरूद्व भएका छन् ।
सत्यपाटी संवाददाता । बझाङ