सूचनाको शक्ति - The Power Of Information

        

जानकीमा दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु

बाँकेको जानकी गाउँपालिकामा आइतवारदेखि दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु भएको छ ।

६ महिनादेखि १५ बर्ष मुनिका १४ हजार २६७ जना बालबालिकाहरुलाई दादुरा रुबेला बिरुद्वको खोप दिने लक्ष्य छ ।

यो अभियान २७ गतेसम्म चल्नेछ । बाँकेका अन्य सबै पालिकामा खोप अभियान करिब पूरा भइसकेको छ ।

माघ २२ बाट २७ गतेसम्म ६ महिना देखि १५ बर्ष मुनिका १४२६७ जना बालबालिकाहरुलाई दादुरा रुबेला बिरुद्धको खोप अभियान हुने स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतवार १८:१७