सूचनाको शक्ति - The Power Of Information

        

प्रेस चौतारीको स्थापना दिवस: बाँकेमा दुई पत्रकार सम्मानित

 प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा बाँकेमा दुई जना पत्रकारलाई सम्मान गरिएको छ । प्रेस चौतारी, बाँकेले पत्रकार कृष्ण अधिकारी र धना केसीलाई सम्मान गरेको हो ।

अधिकारीलाई रेशम विरही सिर्जनशील पत्रकारिता र केसीलाई क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । पत्रकारद्वयलाई एमालेका केन्द्रीय सदस्य मो. हारुन, शान्ति ढकाल, पार्टी उपाध्यक्ष डिल्ली विसी, चौतारीका नेताहरु शिव डोटेल, पूर्णलाल चुके, रुद्र सुवेदी, भेषराज बस्नेत, जिल्ला अध्यक्ष दुर्गा रोकायले सम्मान गरेका थिए ।

दुवै जनालाई ५ हजार ५ सय रुपैयाँ नगदले पुरस्कृत गरिएको थियो । चौतारीको स्थापना दिवसको अवसरमा पार्टीका नेता र चौतारीसम्बद्ध पत्रकारका बीचमा फुटबल खेलिएको थियो ।

खेलमा नेताहरुको टीम ५–३ गोलले विजयी भयो। दिवसकै अवसरमा चौतारीले वनभोज आयोजना गरेको छ । त्यसअघि महिला पत्रकार र शिक्षिका बीचमा फुटसल खेलाएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतवार १८:१४