सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी आकाशमा उडिरहेकाे चिनियाँ जासुसी बलुन ध्वस्त

अमेरिकाले आफ्नो आकाशमा उडिरहेको चिनियाँ जासुसी एउटा बलुन खसालेको छ ।

केही दिन यता निकै माथि उचाईमा उडिरहेको बलुनलाई अमेरिकी लडाकु विमानले खसालेको अमेरिकी रक्षा विभागले पुष्टि गरेको हाे । सोही बलुन खसाल्नका लागि अमेरिकाको क्यारोलिना तटका ३ वटा विमानस्थलहरूलाई बन्द गरिएकाे थियाे ।

विस्फोट भएपछि सोही बलुनका टुक्राहरु समुद्रमा खसेका छन् । अमेरिकी सेनाहरुले सोही बलुनको टुक्राहरु निकाल्ने काम थालेका छन् । अमेरिकाले यो बुलन चीनले गुप्तचरी प्रयोजनका लागि उडाएको दावी गरिरहरेको छ ।

तर चीनले भने गुप्तचरी प्रयोजन नभएर याे बलुन मौसमी अध्ययनको लागि उडेको प्रतिक्रिया दिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतवार ०७:५४