सूचनाको शक्ति - The Power Of Information

        

किन मनोबल खस्क्यो निजी क्षेत्रको ?

विगतमा राजनीतिक अस्थिरता, एक दशक लामो सशस्त्र माओवादी विद्रोह, भूकम्प, नाकाबन्दी तथा कोभिड महामारीजस्ता अप्ठ्यारालाई निजी क्षेत्रले सहजै सम्हालेको थियो ।

यो वर्ष बाहिरी रूपमा सरसर्ति हेर्दा यस्ता कुनै विशेष घटना देखिदैनन् । तर, निजी क्षेत्रको आत्मबल भने अहिले नराम्रोसँग खस्केको छ ।

इतिहासमै किन निजी क्षेत्र यस्तो कमजोर बन्न पुगेको छ ? जानकारहरूका अनुसार यसका विविध कारणहरू छन्, तर प्रमुख कारण एउटामात्र देखिन्छ । त्यो हो –उच्च बैंक व्याजदर र यसले पारेको प्रभाव ।

व्याजदर महँगो बनेपछि यसको प्रभाव दुईवटामा परेको छ । उद्योगी–व्यवसायीका वस्तु तथा सेवाको उत्पादन लागत महँगो बनेको छ । महँगी चुलिएपछि बजारमा माग घटेको छ । मागमा आएको कमीले व्यवसायीले वस्तु उत्पादन गर्न छाडेका छन् । समस्या यही हो ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : २२ माघ २०७९, आइतवार ०७:४३