सूचनाको शक्ति - The Power Of Information

        

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बेलौरी नगरपालिकामा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा बेलौरी नगरपालिका ६ का २३ वर्षीय अमर चौधरीको मृत्यु भएको हो ।

कलुवापुर सडक खण्डस्थित शुक्रवार बिहान सु प प्र ०१–०१० प ८२४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार करण चौधरी घाइते भएको प्रहरीले जनाएको छ । घाइते चौधरीलाई इसान हस्पिटल बेलौरीबाट धनगढी अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार १३:३३