सूचनाको शक्ति - The Power Of Information

        

साफ यू–२० महिला च्याम्पियनसिप आजदेखि, ‘नेपाल र बंगलादेश भिड्ने’

२० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल शुक्रबारदेखि बंगलादेशमा सुरु हुँदैछ ।

बंगलादेशको ढाकास्थित मुस्तोफा कमल स्टेडियममा शुक्रबार हुने खेलमा नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार बेलुकी पौने ७ बजे सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा भने भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले प्रिती राईको कप्तानीमा प्रतियोगिता खेल्दैछ । अनुभवी प्रिती सिनियर राष्ट्रिय टोलीकी सदस्य समेत हुन् ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।

राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार ०८:१२