सूचनाको शक्ति - The Power Of Information

        

माेटरसाइकल दुर्घटनामा परि राेल्पामा एक जनाकाे ज्यान गयाे

राेल्पामा मोटरसाइकल दुर्घटनामा परि एक जनाकाे ज्यान गएको छ । आज बिहीवार बिहान भएकाे दुर्घटनामा माेटरसाइकल चालक २६ वर्षीय पुरन चन्दकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

सदरमुकाम लिबाङबाट गजुल जाँदै गरेकाे रा ३ प १०३८ नम्बरको मोटरसाइकल दहरेभिरमा दुर्घटना भएकाे थियाे । दुर्घटनामा घाइते हुनुभएका चन्दको जिल्ला अस्पताल रेउघा रोल्पामा उपचारका क्रममा ज्यान गएको हो ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १७:३५