सूचनाको शक्ति - The Power Of Information

        

गृहमन्त्री क्वार्टरको चावी रवि लामिछानेको कब्जामा

पुलचोकस्थित मन्त्री क्वार्टर

पुलचोकस्थित गृहमन्त्री क्वार्टरमा चावी लगाइएको छ । चावी लगाउन कोही नभएर तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हुन् । त्यसो त अहिले रवि लामिछाने मन्त्री क्वार्टरमा बस्दैनन् । तर, चावी भने उनैको कब्जामा छ ।

स्रोतका अनुसार फेरि ‘गृहमन्त्री हुन्छु’ भन्दै रवि लामिछानेले सरकारी क्वार्टरमा ताल्चा लगाएका हुन् । रवि लामिछानेले पदबाट राजीनामा दिएकै दिन आफूले क्वार्टर छाडेको दाबी गरेका थिए । त्यसो त पदबाट राजीनामा दिएपछि उनी आफ्नै निजी निवासमा बस्दै आएका छन् । तर, त्यहाँ नबसे पनि चावी उनैले लगाएका हुन् ।

रवि लामछानेले गहमन्त्रीबाट राजीनामा दिएको एक साता वितिसकेको छ । गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको पुरानो नेपाली नागरिकता कायम नरहेकाले सांसद पद बदर हुने फैसला गरेपछि उनले त्यही दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका थिए ।

तर, फेरि गृहमन्त्री हुने आशासहित मन्त्री क्वार्टर छाड्न उनी मानेका छैनन् । रवि लामछानेले नेपाली नागरिकताको प्रमाणपत्र पुनप्राप्ती गरिसकेका छन् । त्यसैले उनले आफूलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मासँग आग्रह गर्दै आएका छन् ।

तर, पुनः रविलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री सहमत छैनन् । रवि लामिछानेको राहदानी विवाद कायमै रहेकाले अहिले नै गृहमन्त्री बनाउन नहुने प्रधानमन्त्रीले बताइसकेका छन् । नेकपा एमालेका अध्यक्ष ओलीले भने सहमति अनुसार गृहमन्त्री रास्वपाले पाउने दावी गर्दै आएका छन् ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १४:४५