बुधबार उच्च अदालत पाटनले गरेका फैसलासँगै टुकुचाखोला उत्खनन गर्ने काठमाडौं महानगरको अभियानमा ब्रेक लागेको छ । उच्च अदालत पाटनल काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन कानुनविपरीत भएको ठहर गरेको छ ।
बुधबार न्यायाधीश महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले टुकुचा खोला उत्खनन गैरकानुनी भन्दै जग्गाधनीको पक्षमा फैसला गरेको छ । यो फैसलासँगै टुकुचा खोज्ने अभियानमा ब्रेक लागेको छ । काठमाडौं महानगरपालिकाले विभिन्न व्यक्ति तथा संस्थाको स्वामित्वमा रहेका जग्गा खनेर टुकुचा खोज्न थालेको थियो ।
हानगरले टुकुचा उत्खनन थालेपछि टुकुचामाथि घर भएका जग्गाधनी र संघसंस्था गरी २२ जनाले उच्च अदालत पाटनमा रिट दिएका थिए । २२ जनाको रिटमा प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालत पाटनले टुकुचा उत्खनन नगर्न काठमाडौं महानगरपालिकाका नाममा अन्तरिम आदेश दिएको हो ।
सत्यपाटी संवाददाता । काठमाडौं