नागरिकता विवादमा सर्वोच्चको फैसलापछि गृहमन्त्री पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अझै मन्त्री क्वार्टरमै बसिरहेका छन् ।
आइतबार नेपाली नागरिकता पुनः प्राप्त गरेसँगै गृहमन्त्री पद फिर्ता गर्न प्रधानमन्त्री तथा नेताहरुको घर धाइरहेका रविले ‘केही दिनमै गृहमन्त्री बन्छु’ भन्दै क्वार्टर छोड्न नमानेका हुन् ।
माघ १३ गते शुक्रबार सर्वोच्चले रविले प्रयोग गर्दै आएको नागरिकता अवैध ठहर गरेको थियो । त्यसलगत्तै उनको सांसद पद स्वतः खारेज भएसँगै उनले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।
सञ्चार कर्मममा रहँदा नेता तथा मन्त्रीले सरकारी सम्पति दुरुपयोग गरेको भन्दै चर्को आलोचना गर्ने गरेका रवि आफैले पद गइसकेपछि पनि क्वार्टर नछोडेर पुरानै प्रवृत्ति दोहोर्याएको भन्दै आलोचना सुरु भएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं