परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल बिहीबार श्रीलंका भ्रमणमा जाँदै हुनुहुन्छ ।
परराष्ट्रमन्त्री बनेपछि पहिलो विदेश भ्रमणमा जान लाग्नुभएकी उहाँ श्रीलंका बेलायती उपनिवेशबाट मुक्त भएको हिरक महोत्सवमा सहभागी हुनुहुने छ ।
साथै राजनीतिक महत्वका कार्यक्रमहरुमा पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री पौड्यालले श्रीलंका भ्रमणका क्रममा शिथिल बनेको सार्कको बारेमा पनि कुराकानी गर्ने बुझिएको छ ।
शुक्रबार श्रीलंकाली समकक्षी दिनेश गुणबर्द्धनेसँग दुई पक्षीय हितका विषयमा भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघेसँग पनि मन्त्री पौड्यालले भेटवार्ता गर्नुहुने छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ