सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

वर्षा र हिमपातको सम्भावना न्यून

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर बर्षा र हिमपातको सम्भावना देखिँदैन ।

देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू–भागहरूमा हल्का हुस्सु लागिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ । आज राति प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मौसम विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर बर्षा र हिमपातको सम्भावना देखिँदैन । तराईमा लागेको हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेको विभागको भनाई रहेको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार ०७:२२