सूचनाको शक्ति - The Power Of Information

        

जाजरकाेटमा भिरबाट लडेर एक जनाकाे ज्यान गयाे

जाजरकोटमा भिरबाट लडेर एक जनाको ज्यान गएकाे छ ।

भिरबाट लडेर कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका ३१ वर्षीय अम्मरबहादुर शाहीको ज्यान गएकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।

मङ्गलवार दिउँसो वडा नम्बर ६ पिप्से ससुरालीबाट घर फर्किँदै गर्दा भिरबाट लडेर शाहीकाे ज्यान गएकाे हाे ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार १७:५१