सूचनाको शक्ति - The Power Of Information

        

जनता समाजवादी र नागरिक उन्मुक्तिबीच एकता !

जनता समाजवादी पार्टी (जसपा)ले नागरिक उन्मुक्ति पार्टीसँग एकताको सम्भावनाबारे छलफल अघि बढाएको छ । जसपा वार्ता समितिको संयोजक राजेन्द्र श्रेष्ठले नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीसँग पार्टी एकताको सम्भावनाबारे छलफल गरेका हुन् ।

जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टी एकताबारे मंगलबार भएको भेटमा दुई नेताबीच करिब १ घण्टा छलफल थियो । नागरिक उन्मुक्ति पार्टी खोल्नुअघि रेशम चौधरी जसपाकै कार्यकारिणी सदस्य थिए ।

तर, महन्थ ठाकुरले जसपा विभाजन गरि लोकतान्त्रिक समाजवादी पार्टी खोलेपछि भने रेशम तटस्थ बसेका थिए । चौधरी जसपाकै पूर्व नेता भएका कारण उसँग पार्टी एकता सहज हुन सक्ने आँकलनका साथ छलफल अगाडि बढाइएको प्रचार विभाग प्रमुख बस्नेतले बताए ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार ०९:४९