सूचनाको शक्ति - The Power Of Information

        

क्यानले गर्‍यो सन्दीपको निलम्बन फुकुवा

नेपाल क्रिकेट संघ (क्यान)ले नाबालिग बलात्कार आरोपमा थुनामा परेका पूर्वकप्तान सन्दीप लामिछानेमाथि गरेको निलम्बन फुकुवा गरेको छ । मंगलबार अबरेसम्म बसेको क्यानको बोर्ड बैठकले पूर्वकप्तान लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप केही दिनअघि मात्र उच्च अदालत पाटनको सर्तसहित धरौटीमा रिहा भएको केही समयपछि क्यानले उनीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

क्यान यो निर्णयसँगै लामिछानेलाई पुनः क्रिकेट मैदानमा फर्कने बटो खुलेको छ । गत भदौ २३ मा क्यानले किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेटर लामिछानेलाई निलम्बन गरेको थियो ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार ०९:४६