सूचनाको शक्ति - The Power Of Information

        

आर्थिक वृद्धिदर ५ प्रतिशत हुने अनुमान

चालू आर्थिक वर्ष नेपालमा आर्थिक वृद्धिदर ५ प्रतिशत हुने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ ।

कोषले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो प्रक्षेपण गरिएको हो । यसअघि विश्व बैंकले नेपालको वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान गरेको थियो ।

यस वर्ष भारतमा ६.१ प्रतिशत, भुटानमा ४.३ प्रतिशत, बंगलादेशमा ६ प्रतिशत र श्रीलंकामा माइनस ३ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान आईएमफले गरेको छ ।

माल्दिभ्सले ६.१ प्रतिशतको वृद्धिदर प्राप्त गर्ने अनुमान छ । कोषका अनुसार सन् २०२३ मा ग्लोबल ग्रोथ २.९ प्रतिशत रहने अनुमान छ ।यसअघि विश्व बैंकले १.७ प्रतिशतमात्र आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो ।

आईएमएफका अनुसार यस वर्ष मन्दीमा जाने अर्थतन्त्र आगामी वर्ष सन् २०२४ मा भने ३.१ प्रतिशत वृद्धिदर प्राप्त हुनेछ । सन् २०२२ मा ग्लोबल ग्रोथरेट ३.४ प्रतिशत थियो ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : १८ माघ २०७९, बुधबार ०७:३१