सूचनाको शक्ति - The Power Of Information

        

युरोपेली फुटबल बजारमा खेलाडी किनबेच गर्ने आज अन्तिम दिन

युरोपेली फुटबल बजारमा यो सिजनका लागि खेलाडी किनबेच गर्ने आज मंगलबार अन्तिम दिन हो ।

प्रिमियर लिगले बेलायती समय अनुसार मंगलबार राति ११ बजेसम्म खेलाडी दर्ता गर्ने सयम तोकेको छ ।

यसपाली इंग्लिस प्रिमियर क्लबहरुले किर्तिमानी रकम खर्च गरिसकेका छन् ।

जनवरी ट्रान्सफर विन्डोमा क्लबहरुले अहिलेसम्म ५५० मिलयन पाउण्ड खर्चिसकेका छन् । सन् २०१८ मा क्लबहरुले खर्चिएको ४३० मिलियन पाउण्डभन्दा यो बढी हो ।

मंगलबार अन्तिम दिन थप केही खेलाडीहरुको किनबेच हुने हुनाले खर्चको किर्तीमान अझै फराकिलो हुने निश्चित छ ।

जर्मनी, इटाली, स्पेन र फ्रान्सको ट्रान्सफर विन्डो पनि मंगलबार नै बन्द हुँदैछ । मंगलबार किनबेच हुने सम्भावित खेलाडीहरुको सूचीमा अर्जेन्टिनाका इन्जो फर्नान्डेज शिर्ष स्थानमा छन् ।

कतार विश्वकपमा उत्कृष्ट युवा खेलाडी बनेका फर्नान्डेजलाई इंग्लिस क्लब चेल्सीले भित्र्याउन चाहेको छ । त्यसका लागि चेल्सीले पोर्चुगिज क्लब बेन्फीकासमक्ष १ सय ५ मिलियनको प्रस्ताव गरिसकेको छ ।

यो सिजन निकै आक्रामक ढंगले खेलाडी किनिरहेको चेल्सीले एक महिनाको अवधिमा २ सय मिलियन खर्च गरेर ७ जना नयाँ खेलाडी क्लबमा भित्र्याइसकेको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार ०८:०९