सूचनाको शक्ति - The Power Of Information

        

दुई प्रतिशतलाई मात्र फ्रि भिसा फ्रि टिकट सुविधा

सरकारले वैदेशिक रोजगारीमा जानेका लागि फ्रि भिसा फ्रि टिकटको व्यवस्था गरे पनि यो सुविधा पाउने अत्यन्त न्यून रहेको देखिएको छ ।

नेपाल ट्रेड युनियन महासंघ र अन्तर्राष्ट्रिय ट्रेड युनियनले संयुक्त रुपमा गरेको अध्ययनले वैदेशिक रोजगारीमा जाने कुल संख्यामध्ये दुई प्रतिशतले मात्र फ्रि भिसा फ्रि टिकटको सुविधा पाएको देखाएको हो ।

वैदेशिक रोजगारीका लागि विदेश जाने अन्य ९८ प्रतिशत श्रमिक औसतमा एक लाख रुपैयाँ बुझाएर गएको देखिएको छ । सरकारले लागू गरेको कानुनअनुसार वैदेशिक रोजगारीमा जानेसँग १० हजार रुपैयाँभन्दा बढी लिन पाइँदैन ।

मेनपावर व्यवसायीले यो व्यवस्था छल्न एजेन्ट खडा गरेर विदेश जाने श्रमिकहरुसँग १ लाख रुपैयाँसम्म लिने गरेका छन् । वैदेशिक रोजगारीका अवसरको जानकारी सहज रुपमा दिन सरकारले विभिन्न माध्यम प्रयोग गर्दै आएको छ ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार ०७:५२