सूचनाको शक्ति - The Power Of Information

        

भारतले सूचनाबिनै शारदा ब्यारेजको ढोका खोल्यो, महाकालीमा फसे कामदार

भारतीय पक्षले बिनासूचना शारदा ब्यारेजको ढोका खोलिदिएपछि केहि ट्रयाक्टर र कामदार महाकाली नदीमा फसेका छन् ।

भारतले महाकाली नदीमाथिको शारदा ब्यारेजको नेपालतर्फको ढोका खोलिएपछि भीमदत्त नगरपालिका–११ भुजेलामा गिट्टी, बालुवा उत्खननमा प्रयोग भएका केही ट्रयाक्टर र कामदार महाकालीमा फसेका हुन् ।

ब्यारेजको ढोका खोल्दा महाकालीमा पानीको बहाव बढेको छ । महाकाली नदीबाट गिट्टी, बालुवा ढुवानीका लागि गएका ट्याक्टर नदीमा पानीको बहाव बढ्दा फसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

नेपाली प्रशासनलाई जानकारी नै नदिई ढोका खोलेको पनि कञ्चनपुर प्रशासनले जनाएको छ । प्रशासनका एक अधिकारीका अनुसार आफूहरुलाई भारतीय पक्षले महाकालीमा पानी छाड्ने भनेर कुनै पूर्वजानकारी वा समन्वय नै नगरेर ढोका खोलिदिएको थियो ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार १३:२२