सूचनाको शक्ति - The Power Of Information

        

धनुषामा हिरासत तोडेर फरार भए ६ जना अभियुक्त

धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना फरार भएका छन् ।

राति हिरासत तोडेर ६ अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

डीएसपी क्षेत्रीका अनुसार दुई जना हातहतियार, दुई जना लागुऔषध र दुई जनासहित ६ जना हिरासतमा थिए ।

उनीरुको तीव्र खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ ।

डिएसपी क्षेत्रीका अनुसार हिरासतमा जम्मा ७ जना थिए । तीमध्य सवारी दुर्घटना मुद्दाका एक जनाबाहेक सबै फरार भएका हुन् ।

इलाका प्रहरीको भवन पुराने छ । हिरासतपट्टिको भाग कमजोर भएको कारण फोडेर उनीहरू भाग्न सफल भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार ०९:०१