एउटा निश्चित स्थानमा मिलेर बनेका समान किसिमका घरहरू । एउटा घरको छत माथिल्लो घरको आँगन । छेउबाट पारिका घरहरूमा सहजै पुग्न सकिने । खेतीयोग्य जमिनलाई साँचेर अलग्गै बसाइएका बाक्ला बस्ती । सक्रिय ग्रामीण जीवनशैली । कुनै विदेशी दातृ निकायले परिकल्पना गरेको डिजाइनमा तयार गरिएको एकीकृत बस्तीको ढाँचाजस्तो । तर बिल्कुल ‘अर्गानिक’ । रुकुमका उत्तरपूर्वी भेगका बस्तीका विशेषता भन्नु नै यही हो ।
तकसेरा गाउँ यसको एउटा उदाहरण हो । तल्लो सेरा, उपल्लो सेरा र बाछीगाउँ तकपछिका ठूलो क्षेत्रफल ओगटेका गाउँ हुन् । तक र सेरा दुई छिमेकी गाउँ । बाक्ला बस्ती । शान्त र सौम्य परिवेश । समग्रमा यी गाउँ नै तकसेरा हुन् । ढोरपाटनबाट पश्चिमतर्फ बहने उत्तरगंगा नदीले छुट्याएको छ । स्थान र नाम फरक भए पनि यी दुई गाउँ भिन्न छैनन् । तकसेरा नाम यसैको संयुक्त रूप हो । तकसेरा आफैंमा इतिहास, संस्कृति र प्रकृतिको त्रिवेणी हो । अझ तकसेरा आफैंमा स्वावलम्बी ठाउँ हो, पौरखी गाउँ हो ।
तस्वीरहरु : सर्जना कार्की । रुकुमपूर्व
सत्यपाटी संवाददाता । रुकुमपूर्व