सूचनाको शक्ति - The Power Of Information

        

रवि लामिछानेले पाए नागरिकता

रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अबैध रहेको ठहर गरेपछि उनी आज जिल्ला प्रशासन गएका हुन् ।

२०५० सालमा लिएको नागरिकता त्यागेर अमेरिकी नागरिक भएका लामिछाने ०७५ मा नेपाल फर्किएका थिए । उनले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकताका लागि निस्सा पेश गरेका थिएनन् । आज उनले अमेरिकी नागरिकता त्यागेको निस्सा पेश गरेपछि नागरिकताको प्रमाणपत्र पाएका हुन् ।

०५० सालमा लिएर बीचमा त्यागिसकेको नागरिकता नै पेश गरेर उनले नेपाली राहदानी निकालेका थिए । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्दा पनि उनले त्यही नागरिकता निर्वाचन आयोगमा पेश गरेका थिए । त्यसपछि चितवन क्षेत्र नम्बर २ बाट सांसदमा उठ्दा पनि उनले पुरानै खारेज भइसकेको नागरिकता पेश गरेको खुलेको थियो ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतवार १४:५१