सूचनाको शक्ति - The Power Of Information

        

यो वर्ष पनि एसईई परीक्षा रापबोर्डबाटै

राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्रीय स्तरबाटै लिने भएको छ ।

बोर्डले गत वर्ष एसईईको परीक्षा तालिका सार्वजनिक गर्दा सो परीक्षा प्रदेशबाटै गर्ने जनाएको थियो । तर, त्यो विषय कार्यान्वयन नभए पनि यो वर्ष पनि प्रदेश सररकारको एसईई परीक्षा गर्ने अधिकार खोसिएको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७९ सालको एसईईको नियमित र ग्रेडवृद्धि परीक्षा केन्द्रबाटै सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको छ ।

कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले भन्नुभयो– ‘प्रदेश कार्यालयहरूमा श्रोतसाधन, जनशक्ति र सुरक्षाको कमी हुने भएकोले केन्द्रबाटै सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरेका हौं ।’

उहाँको अनुसार प्रश्नपत्र बोर्डले छाप्ने र परीक्षा सञ्चालन गरी उत्तरपुस्तिका परीक्षा गर्ने काम प्रदेश कार्यालयको हो ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : १५ माघ २०७९, आइतवार ०७:५४