सूचनाको शक्ति - The Power Of Information

        

डेढ दशकमा एउटा ब्लक तयार, उद्योग आउन सुरू

निर्यात व्यापारलाई सहजीकरण गर्ने उद्देश्यले मुलुकका एक दर्जनभन्दा बढी स्थानमा विशेष आर्थिक क्षेत्र (सेज) बनाउने घोषणा भएको धेरै वर्ष बितेको छ । ठुलो महत्वकांक्षासहित कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयनमा लैजान नसक्ने सरकारको कमजोरी सेजको सवालमा पनि दोहोरिएको छ ।

सरकारले मुलुकका सातै प्रदेशमा एक एक वटा सेज बनाउने भने पनि भैरहवासहित एक/दुई स्थानबाहेक अन्य क्षेत्रमा पूर्वाधार नै बन्न सकेको छैन् ।

सरकारले बाराको सिमारामा पनि १४ वर्षअघि सेज निर्माण गर्ने यस्तै घोषणा गरेको थियो । करिब डेढ दशकपछि बल्ल यहाँको सेज सञ्चालनमा आउने लक्षण देखिएको छ, त्यो पनि आंशिक रुपमा मात्र ।

सरकारले यहाँको सेजमा ५ वटा ब्लक निर्माण गर्ने भनेकामा अहिले ‘ए’ ब्लकमात्र तयार भएको हो । यही तयारी ब्लकमा उद्योगीहरुले कारखाना सञ्चालनका लागि पूर्वाधार निर्माण सुरु गरेका छन् । यससँगै सिमरा सेज आंशिक रूपमा भए पनि सञ्चालनमा आएको हो ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : १५ माघ २०७९, आइतवार ०७:४०