सूचनाको शक्ति - The Power Of Information

        

ऋषि धमलाकी पत्नी एलिजा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । रुपन्देहीको भैरहवामा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रवेश गराएकी हुन् ।

केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले एलिजाको जिम्मेवारी टुङ्गो नलागेको बताइन् ।

एलिजासँगै लुम्बिनीबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनेका बर्दियाका राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन् । उनी बैंकर तथा व्यवसायी हुन् ।कलाकार गौतमलाई उच्च तहको जिम्मेवारी दिइने चर्चा छ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार १६:४९