सूचनाको शक्ति - The Power Of Information

        

‘सुदूरपश्चिम र कर्णालीमा वर्षा’

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार आइतबार अपरान्हदेखि देशको पश्चिम क्षेत्रबाट बादल भित्रिने र सुदूरपश्चिम तथा कर्णाली केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज बिहान तराईका भू–भागमा हुस्सु तथा कुहिरो लागेको थियो । पश्चिमी न्यून चापीय प्रणालीको असर पश्चिमी भेगमा पर्ने देखिन्छ । आइतबार अपरान्हदेखि सुदूरपश्चिम र कर्णालमा बदली भइ हल्का वर्षाको सम्भावना छ ।

‘आइतबार र सोमबार मौसम बिग्रिए पनि उक्त बादल क्रमशः पश्चिमबाट मध्य भेगतिर प्रवेश गर्ने भए पनि वर्षा गराउने भने देखिँदैन,’ मौसमविद् अधिकारीले भने । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १ मा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार १६:४६