सूचनाको शक्ति - The Power Of Information

        

भारतको सबैभन्दा ठूलो भूतघर, ‘यहाँ जाने मानिस जिउँदै फर्किँदैन !’

भारतमा एउटा यस्तो ठाउँ छ जहाँ जाने मानिस जिउँदै फर्किँदैन ! भनिन्छ, ‘सूर्य अस्ताएपछी यहाँ आउने मानिस जिउँदै फर्किदैन । यहाँ रातको समयमा आउनेहरू या त मर्छन् वा वेपत्ता हुन्छन् ।’ यो त्यही ठाउँ हो जहाँ ‘सूर्यास्तपछि सूर्योदयसम्म प्रवेश गर्न निषेध छ’ भनेर बोर्डमा स्पष्ट लेखिएको छ ।

स्थानीय मान्यताअनुसार यो ठाउँ भूत प्रेतहरुको ठाउँ हो र यसलाई भारतको सबैभन्दा ठूलो भूत प्रेतहरुको थलो भनिन्छ । कुरा भारतको ‘भानगढ किल्ला’को हो । यो किल्ला १६औं शताब्दीमा बनेको थियो र यो राजा माधव सिंहको राज्यको केन्द्रीय स्थान थियो । तर केही वर्ष निर्माण र बसोबास पछि, त्यहाँका बासिन्दाहरू यसलाई छोडेर कतै गए ।

किम्बदन्तीअनुसार स्थानीय जादूगर वा तान्त्रिकले किल्लाकी रानीलाई लुकाउन नसकेपछि किल्ला र त्यहाँका बासिन्दाहरूलाई जादू गरेको हुनाले यस्तो भएको हो । स्थानीयवासीका अनुसार यो किल्लालाई भूत प्रेतहरु बस्ने भारतको सबैभन्दा ठूलो ठाउँ मानिन्छ । यस किल्लाको निर्माण सन् १९७० तिर सुरु भएको र करिब १६ वर्षमा यसको निर्माण कार्य सम्पन्न भएको थियो ।

यो किल्ला आमेरका राजा भान सिंहको नामबाट नामाकरण गरिएको हो । भान सिंहको अर्को लोकप्रिय नाम ‘मान सिंह’ थियो । स्थानीयका अनुसार यहाँ माधव सिंह राजा थिए भने रत्नावती उनकी रानी थिइन् र यो किल्ला राजा माधव सिंहको साम्राज्यको प्रारम्भिक राजधानी थियो ।

स्थानीय भन्छन्, ‘यो किल्ला साढे चार सय वर्ष पुरानो हो र यो पूरै भारतमा सबैभन्दा धेरै भूत प्रेतहरु रहेको ठाउँको रूपमा प्रसिद्ध छ । भूत कथाको हिसाबले पनि यो भारतमा पहिलो नम्बरमा छ । यहाँ अहिले पनि रहेको मानिन्छ ।’ भनिन्छ, यहाँ रातमा अनौठो आवाज सुनिन्छ, जो यहाँ राती आउँछन् उ जिउँदै फर्किदैन, कतै हराउँछ । सुरुमा यहाँ केही मानिसको मृत्यु भएको थियो र अहिले तिनै मर्नेहरुको आत्मा यही किल्लामा घुम्ने भनिन्छ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार १६:२८