सूचनाको शक्ति - The Power Of Information

        

नेपाल सरकारका सबै वेबसाइट ह्याकरको कब्जामा

इन्टरनेट सर्भरमा समस्या आएपछि नेपाल सरकारका सबै वेबसाइट डाउन भएका भएका छन् । सरकारी सर्भरमा समस्या आएका कारण नेपाल सरकार अन्तर्गतका सबै निकाय तथा कार्यालयका वेबसाइटहरु अहिले खुलेका छैनन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार शनिबार विहानैदेखि सर्भरमा समस्या आएको थियो । तर, दिउँसोमात्र सर्भर डाउन भएको हो । सरकारी वेबसाइट नखुल्दा त्रिुभवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसमेत रोकिएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलका अनुसार सर्भरमा ह्याकरको आक्रमण भएका कारण सरकारी वेबसाइट बन्द भएका छन् । अहिले समाधान गर्ने गरी काम भइरहेको उनले बताएका छन् ।

सर्भर डाउन भएकै कारण शनिबार त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । नागरिक उड्यनका अनुसार फ्लाई दुबई, इन्डिगो एयर एयर इन्डिया लगायत अन्तर्राष्ट्रिय उडानहरु अहिले रोकिएका छन् ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार १६:२१