सूचनाको शक्ति - The Power Of Information

        

अबको दुई दिनमै रवि लामिछाने नेपाली नागरिक

सर्वोच्च अदालतको फैसलासँगै गैरनागरिक बनेका रवि लामिछाने दुई दिनमै नेपाली नागरिक बन्न सक्ने छन् । अमेरिकी नागरिकता र पोसपोर्ट त्यागि सकेकाले लामिछानेले आइतबार नै पुनः नेपाली नागरिकता प्राप्त गर्न सक्नेछन् ।

तर यसका लागि उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अमेरिकी नागरिकता त्यागेको प्रमाण बुझाउनु पर्नेछ । ती प्रमाण बुझाएपछि जिल्ला प्रशासन कार्यालयले उनको पहिलेकै विवरणमा नयाँ नागरिकता जारी गर्नेछ ।

अमेरिकी पासपोर्ट र नागरिकता त्यागेको प्रमाण यसअघि नै अध्यागमन विभागमा बुझाएको दाबी गरे पनि सर्वोच्चले त्यसलाई मान्यता नदिएको हो । उनले नागरिकता प्राप्त गर्नका लागि जिल्ला प्रशासन कार्यालयमै प्रक्रिया पूरा गर्नु पर्नेछ ।

नेपाली नागरिकता नहुँदा उनको सांसद पद गुमेको छ भने उपप्रधान तथा गृहमन्त्रीबाट पनि राजीनामा दिइसकेका छन् । रास्वपाको सभापति पनि रहने छैनन् । तर नागरिकता लिइसकेपछि यी सबै पदमा उनी पुनः फर्किने बाटो भने कायम छ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार १५:१२