सूचनाको शक्ति - The Power Of Information

        

एसईई परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

फाइल तस्वीर

राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) २०६९ को तालिका सार्वजनिक गरेको छ । यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ । अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि ११ बजेसम्म हुनेछ । एसईई परीक्षा चैत्रको २९ गते सकिनेछ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार ०९:३६