सूचनाको शक्ति - The Power Of Information

        

चिवतन २ मा फेरि चुनाव हुने

चितवन २ मा फेरि प्रतिनिसभाको चुनाव हुने भएको छ।

रवि लामिछानेले पेश गरेको नागरिकतालाई अवैधानिक ठहर गर्दै सर्वोच्चले उनीको सांसद पद खारेजीको माग गर्दै परेको रिट जारी गरेपछि चितवन २ मा पुनः चुनाव हुने भएको हो।

उनले २०५० सालमा लिएको नागरिकता अमेरिकी नागरिकता लिएसँगै निष्क्रिय भए पनि नेपाल फर्केपछि त्यसलाई पुन सक्रिय गर्नुपर्ने भए पनि प्रक्रिया पुरा नगरेको ठहर संवैधानिक इजालसले गरेको हो।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिकले उनको सांसद पद खारेज गरेको हो।

सांसद हुनका लागि नै अयोग्य भएको ठहर गरेसँगै उनको गृह तथा उपप्रधानमन्त्रीको पद गएको छ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १८:३५