सूचनाको शक्ति - The Power Of Information

        

सात वर्षपछि सल्यानका छविलालको कृत्रिम खुट्टा प्रत्यारोपण

कतारमा सवारी दुर्घटनामा परेका सल्यान कपुरकोट गाउँपालिकाका छविलाल बुढाको कृत्रिम खुट्टा प्रत्यारोपण गरिएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको समन्वयमा कतारको परोपकारी संस्था कतार रेडक्रिसेंटले कृत्रिम खुट्टा जोड्नका लागि आवश्यक रकम सहयोग गरेको हो ।

राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार एनआरएनएको सहयोगमा हमद हस्पिटलमा बिहीबार कृत्रिम खुट्टा जोडिएसँगै छविलाल सामान्य हिँडडुल गर्न सक्ने भएका छन् ।

२०१७ नोभेम्बरमा भएको सवारी दुर्घटना परि खुट्टा गुमाएर हमद अस्पतालमा उपचाररत उनलाई त्यतिबेला पनि एनआरएनएले कतार रेड क्रसियन्टमार्फत सुविधा सम्पन्न व्हिल चिअर प्रदान गरेको थियो ।

विगत १३ वर्षअघि कतार पुगेर आइटीसीसी कम्पनीमा काम गर्न थालेका उनी छुट्टीमा घर आउने जाने गरिरहेका थिए । दुर्घटनामा परेपछि उनी दुई वर्ष काम गर्न नसक्ने अवस्थामा बसे । कृत्रिम खुट्टा लगाएपछि सन् २०२० मा कम्पनी स्टोरमा काम पाए ।

कम्पनीले बेसिक तलब ८०० कतारी रियाल दिने भनेको थियो । त्यो पनि उनले नियमित पाएनन् । त्यसपछि सुरु भएको कोरोना महामारीको करण त्यो काम पनि छोड्नुपर्यो । फेरि उनले कम्पनीमा वाचमेनका रुपमा काम पाएका थिए । पछिल्लो समय एनआरएनए कतारले समस्यामा परेका नेपालीलाई सहयोग गरिररहेको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार ०८:२३