खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका इन्जिनियरलाई अख्तियारले नियन्त्रणमा लिएको छ । आठौं तहमा कार्यरत इन्जिनियर योगन्द्र ढुंगेललाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता (सह–सचिव) श्यामप्रसाद भण्डारीले बताए ।
आयोगबाट खटिएको टोलीले उनलाई १ लाख ५० हजार घुस सहित नियन्त्रणमा लिएको छ । विभागको मुख्य कार्यालय बबरमहलमा कार्यरत ढुंगेलले मिनरल वाटर उत्पादन गर्ने कम्पनीका लागि अनुज्ञा पत्र लिन गएका व्यवसायीसँग घुस मागेका थिए ।
घुस लिएर कार्यालयबाट निस्किने क्रममा उनि पक्राउ परेका हुन् । झापाको दमक घर भएका ढुंगेल भक्तपुरको बालकोट बस्दै आएका छन् । आरोपीबारे अनुसन्धान भइरहेको सह–सचिव भण्डारीले जानकारी दिए ।
सत्यपाटी संवाददाता । काठमाडौं