सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसम : पहाडमा आंशिक बदली, तराईमा हुस्सु

पहाडी भेगमा आज बिहान आंशिक बदली रहेको छ । तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहेको थियो । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागले आज राति प्रदेश–१ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

तराईमा बिहानीपख हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ । नेपालको मौसमी प्रणालीमा अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ । यसका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार ०७:३३