सूचनाको शक्ति - The Power Of Information

        

सुनकाे भाउ अहिलेसम्मकै महँगो

सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । भाउ बढेर सुन आज तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँमा पुगेको छ । यो हिजोको भाउभन्दा सात सय रुपैयाँले धेरै हो ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा सुन महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार १६:५४