सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा तीन जनाकाे उम्मेदवारी

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट राजेन्द्रवीर रायले उम्मेदवारी दिनुभएकाे छ ।

रायको प्रस्तावकमा प्रदेश सभा सदस्य राजकुमार चौधरी र समर्थकमा अर्का प्रदेश सभा सदस्य धर्मबहादुर चौधरी छन् ।

त्यस्तै राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनकाे लागि सत्तारूढ दलबाट एमालेका कुमार दसौदीले पनि उम्मेदवारी दर्ता गराउनु भएकाे छ ।

त्यसैगरी उपनिर्वाचनकाे लागि नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्यले पनि मनोनयन दर्ता गराउनु भएकाे हाे ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजिनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार १७:२७