सूचनाको शक्ति - The Power Of Information

        

बालिका बलात्कारको आरोपमा बाँकेमा एकजना पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेमा एक जना पक्राउ परेका छन् । नरैनापुर गाउँपालिका–६ सोनवर्षा बस्ने ३५ वर्षीय रामप्रसाद बर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

बर्माले ती बालिकालाई सोही ठाउँस्थित बारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी गंगापुर ‘क’ र इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार १७:२२