हुम्लामा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । हिमपात भएपछि आन्तरिक पर्यटक खुसी भएका छन् । लामो समयको प्रतीक्षापछि हिमपात भएकाले वातावरण सुन्दर देखिएको छ । हुम्लामा करिब दुई फिट बाक्लो हिमपात भएको छ । स्थानीय किसान बिसन रोकायाले ढिलै भए पनि हिउँ परेकाले खुसी लागेको बताए ।
घरको छानामा हिउँ थुप्रिएपछि स्थानीयलाई हिउँ फाल्न चटारो छ । आन्तरिक पर्यटकहरू हिउँसँग रमाइरहेको स्थानीयको भनाइ छ । हिउँ पर्नेक्रम जारी रहेकाले हिउँको मात्रा अझै बाक्लिने स्थानीय प्रशासनले जनाएको छ । चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि स्थानीय प्रशासनले आग्रह गरेको छ ।








सत्यपाटी संवाददाता । हुम्ला